वँगलादेशमा एकै दिनमा ९१ प्रर्दशनकारी र १३ प्रहरीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८१ साउन २१ १०:१७ बजे

बंगलादेशमा सरकारविरोधी आन्दोलन थप हिंसात्मक बनेको छ । विभिन्न ठाउँमा भएका सरकारविरोधी प्रदर्शन क्रममा पछिल्लो २४ घण्टामा कम्तीमा ९१ जनाको मृत्यु भएको जनाइएको छ ।

विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा १३ जना प्रहरी मारिएका छन् । सिराजगन्जस्थित इनायतपुर प्रहरी चौकीमा भएको आक्रमणमा ती प्रहरीको ज्यान गएको हो । उनीहरुलाई प्रदर्शनकारीले कुटेर मारेको बताइएको छ ।

झडपमा अवामी लिगका कार्यकर्ताको पनि मृत्यु भएको छ । विद्यार्थीहरू सरकारी जागिरमा गरिएको विभेदपूर्ण आरक्षण र कोटा प्रणालीको विरोधमा पछिल्लो महिनादेखि आन्दोलनरत छन् । हालसम्म तीन सयभन्दा बढीको ज्यान गइसकेको विद्यार्थीहरुको भनाई छ । विद्यार्थीहरुले सरकारको राजीनामा माग अन्तिम समाधान भन्न थालेका छन् ।

विद्यार्थीहरूले हिजोदेखि देशभर ‘अवज्ञा आन्दोलन’ थालेका छन् । मुलुकभरका कलकारखाना र सार्वजनिक यातायातका साधन बन्द गरिएको छ । प्रदर्शनमा ३०० भन्दा बढी घाइते भएका छन् । ढाकामा इन्टरनेट र फोन सेवा अवरुद्ध छ ।



२०८१ साउन २१ १०:१७ बजे

प्रतिक्रिया