कविता- छोरा तिम्रो यो नतिजा सँगै

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८१ साउन १९ १२:३४ बजे
नरेन्द्र देवकोटा प्रशान्त

छोरा SEE  पास गर्यौ

अनि  +2  पनि पास गर्यौ

उत्कृष्टै नतिजा पनि ल्यायौ

मलाई लाग्छ तिम्रो परिणाम

प्रातको सूर्यको किरणझैँ छ

यसैले तिमीलाई बधाई छ ।


बिहानको सूर्यको नव किरणले

चम्किलो बिहानीको संकेत गर्छ

शुन्दर दिनको आभाष गराउँछ

तरपनि यो नतिजाले तिमीलाई

सँधैभरी संघर्ष गरिराख भनेकोछ

थुप्रै थुप्रै अवसर प्राप्तिको लागी 

जीवनभरी जुध्न सिक भनेको छ ।


यति नतिजाले चुनौति थेग्न सक्दैन

चाहे जती अवसर छोप्न पनि सक्दैन

थुप्रै चुनौती तिमीले पार लगाउनुछ

थुप्रै अवसरहरु तिमीले पाप्त गर्नुछ

उच्च शिक्षा प्राप्तिको लागी केवल

ढोका खुलेको संकेत भनेर जान

आर्थिक सामाजिक पारिवारिक 

चुनौतिका परिक्षा पास गर्नुछ भनी जान

बिना समस्या जीवन जिउनु छ भनी जान ।


यसैले बाबु यो तिम्रो अध्ययनको

मलाई लाग्छ दस प्रतिशत मात्रै हो

तिमीले भविष्यको गणीत जान्न बाँकी छ

तिमीले न्युटनका नियम सिक्न बाँकी छ

अर्थशास्त्रको आवश्यकताको सिद्वान्त र

पुँजिले गर्ने बर्ग बिभाजन पढ्न बाँकी छ 

तिमीले अंकको मात्र परीक्षा होइन 

पुरै समाजशास्त्र पढ्न बाँकी छ ।


यसैले पढाइको एउटा यात्रा संघर्ष हो

अर्को यात्रा चुनौतीपूर्ण घुम्ती हुन्

चुनौती सँगैका घुम्ती पार गर्दै जाउ

अप्ठ्यारा सँगैका चट्टान खोतल्दै जाउ

तब मात्र तिम्रो गन्तव्य भेटिने छ

त्यो हो तिमीले खोजेको सफलता 


तिमीले चाहेको मीठो प्रतिफल पाउन

तिमी बलियो बिश्वास लिँदै जाउ 

ईश्वर सदावहार तिम्रो साथ छन् 

यसका लागि तिमीलाई शुभकामना छ

छोरा तिमीलाई हाम्रो शुभआशीर्वाद छ ।

                                                                      २०८१\४\१८ शुक्रवार राती १२:१५ 


२०८१ साउन १९ १२:३४ बजे

प्रतिक्रिया