काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनको तौल फेरि बढेको छ ।मिडिया रिपोर्टकाअनुसार किमलाई उच्च रक्तचाप र मोटोपनासँग सम्बन्धित मधुमेह जस्ता स्वास्थ्य समस्याहरू देखा परेको छ र उहाँका अधिकारीहरूले उहाँको उपचारको नयाँ विधि खोजिएको उल्लेख गरिएको छ ।
अत्यधिक मद्यपान र धुम्रपानका लागि परिचित ४० वर्षीय किमको परिवारलाई हृदय रोगको इतिहास छ । किमका बुवा र हजुरबुवा दुवैको हृदयघातका कारण मृत्यु भएको थियो । किम भन्दा पहिले दुबैले उत्तर कोरियामा शासन गरेका थिए ।
केही विज्ञहरूकाअनुसार किम करिब १७० सेन्टिमिटर ९५ फिट, ७ इन्च० अग्ला रहनुभएको छ । यसअघि किमको तौल १४० किलोग्राम (३०८ पाउण्ड) थियो । यसपछि २०२१ मा उहाँले आफ्नो डाइट परिवर्तन गरेर तौल घटाउनुभयो तर अहिले मिडिया फुटेज हेर्दा उहाँको तौल फेरि बढेको देखिन्छ ।
किमको जीवनशैली र खानपान निकै रोचक छ । किम जीवनशैलीमा महँगो रक्सी, विशेष चुरोट र विदेशबाट आयात गरिएको मासु समावेश छ । उनलाई मदिराको लत रहेको दाबि समेत गरिएको छ ।
रिपोर्टका अनुसार किमलाई गाईको दूध र सर्पको वाइनबाट बनेको चीज मनपर्छ । यस बाहेक उनलाई जापानी परिकार सुशी र साम्पेन पनि मन पर्छ । किमलाई जापानबाट आयात गरिएको कोब मासु मनपर्छ, कोब मासु संसारमा सबैभन्दा महँगो र कम उपलब्ध मासु हो । यसका साथै किमलाई डेनमार्कको उच्च गुणस्तरको सुँगुर र इरानको क्याभियर खान पनि मन पर्छ ।
रिपोर्टकाअनुसार किमलाई ब्ल्याक लेबल स्कच ह्विस्की र हेनेसी ब्रान्डी पिउन मन पराउनका लागि हरेक वर्ष औसत २०० करोडको रक्सी अन्य देशबाट उत्तर कोरियामा आयात गरिन्छ ।
प्रतिक्रिया