प्यालेष्टाइनी जातिय नरसँहार विरुध्द काठमाण्डौ विरोध प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०८१ साउन १३ २०:४६ बजे

राष्ट्रिय क्रान्तिकारी मोर्चा ,नेपालको आयोजनामा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता प्रकट गर्दै काठमाण्डौमा आज विरोध प्रदर्शन  गरेका छन। । काठमाण्डौको माइतीघरमा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता र साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको संचालन राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य संगीत श्रोता र अध्यक्षता संयोजक सन्तबहादुर नेपालीले गरेको थिए । अध्यक्षता गर्दै नेपालीले राष्ट्रिय क्रान्तिकारी मोर्चा प्यालेष्टाइनी जनताको न्यायपूर्ण संघर्षको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा रहेको धारणा राख्दै इजरायल र अमेरिकाको साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा उत्रिन सबैलाई अनुरोध गरे ।साथै उनले प्यालेष्टाइनी जनताको पक्षमा यो सरकार बोल्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका वक्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य परी थापाले प्यालेष्टाइनी जनताको दुःखको वर्ष हिरक वर्ष अर्थात ७५ वर्ष भन्दा बढि रहेको इतिहास उल्लेख गर्दै प्यालेष्टाइनी जनताको स्वतन्त्रता,स्वाधिनता तथा सार्वभौमिकताको पक्षमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रहेको बताए ।इजरायली आक्रमणमा परी मृत्युहुनेहरुको आधिकारीक तथ्याङक सार्वजनिक भइरहेको तथ्याङक भन्दा पनि बढि रहेको धारणा राखे । प्यालेष्टाइनी भूभाग गाजा अहिले मशानघाटमा परिणत भएकोमा उनले दुःख व्यक्त गरे । हाम्रो देशको सरकार हमासको विरोध तथा इजरायलको समर्थनमा रहेको भन्दै राज्यव्यवस्था दलाल तथा साम्राज्यवादी सरकार भएकाले त्यसो हुनु स्वभाविकै हो भन्दै प्यालेष्टाइनी जनताको न्यायपूर्ण आन्दोलनले विजय प्राप्त गर्ने कुरा व्यक्त गरे ।

अर्का वक्ता नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले संयुक्त राष्ट्रसंघ हात्तीको देखाउने दाँतमात्र भएको प्यालेष्टाइनी जनताको दुःखमा केही भूमिका निर्वाह गर्न असक्षम रहेको धारणा व्यक्त गरे । साथै उनले अमेरिकाले युद्ध जतिसक्दो लम्ब्याउन चाहेको र हतियार बेचेर नाफा कमाउने उसको चरित्र रहेको भन्ने धारणा राखे । कार्यक्रममा अखिल नेपाल कम्युनिष्ट पार्टी एकता संयोजन समितिका केन्द्रीय प्रतिनिधि मोहन खतिवडाले इजरायलले प्यालेष्टाइनको सभ्यता ,संस्कृति सबैको अन्त्य गर्न चाहेको बताउँदै वम गोला प्रहार भैरहेको धारणा राखे ।कार्यक्रममा संगीत श्रोताले अनुवाद गरेको प्यालेष्टाइनी कविको परिचय पत्र भन्ने कविता शैलज पौडेलले वाचन गरेका थिए ।

प्यालेष्टाइनी हमासले गत वर्षको अक्टोबर सातमा इजरायलमाथि आक्रमण गरेको भन्दै इजरायलले प्यालेष्टाइनमाथि आक्रमण जारी राखेको छ ।जसमा अमेरिकाको साथ र सहयोग रहेको छ। आक्रमणमा परी महिला बालबालिका ,सुत्केरी शिशुको मृत्यु भैरहेको छ । इजरायली आक्रमणमा परी अस्पताल, स्कूल , विस्थापितहरु रहने शिविरहरु ध्वस्त हुँदै गएको छ ।

२०८१ साउन १३ २०:४६ बजे

प्रतिक्रिया