सौर्य एयरलायन्सको विमान पोखराका लागी उडान गर्दा त्रिभुवन विमानस्थलमा दुर्घटना

bimbonline बिम्ब अनलाइन
२०८१ साउन ९ १३:५० बजे

काठमाडौँ  । सौर्य  एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० जहाज त्रिभुवन विमानस्थलमा नजिकै दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धारकार्य जारी रहेको छ । अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचारका लागि लगिएको छ । जहाजमा विमानमा चालक दलका सदस्यसहित १९ जना सवार भएको  बुझिएको छ ।  ।

पोखराको लागि उड्ने क्रममा दूर्घटनामा परेको हो । दूर्घटनाको विस्तृत विवरण आउन अझै बाँकी नै छ । अहिले दुर्घटनास्थलमा उद्धारका लागि नेपाली सेना ,अग्नि नियन्यत्रक परिचालन गरिएको छ । जहाज पोखराका लागी उडान गर्दै थियो।


२०८१ साउन ९ १३:५० बजे

प्रतिक्रिया