सपना र खुसि

bimbonline नरेन्द्र देवकोटा प्रशान्त
२०८१ साउन ८ ०८:५१ बजे
नरेन्द्र देवकोटा प्रशान्त

म सपनामा छुँकि या बिपनामा

आँगनमा छुँकि या अँगेनामा

भित्तामा छुँ या जिन्दगीको डिलमा

जमीनमा छुँकि या महासागरमा

कुदिरहेको छुँकि या पौडीरहेको छुुँ

किनकी बिपनामा भएपनि आखिर

देख्नु पर्ने सपना नै रहेछ ।


जिन्दगीको महान यात्रा

लाग्छ बिपनाबाटै थालिरहेको छु

तर सपना देखेर चाहना पुर्ति गर्नुपर्ने 

सँसारको यो नियतिमा

आजभोलि सपनाबाटै बिचरण गरिरहेको छु

तर आजसम्म न सपना पुरा भएका छन्

न त बिपनाले मुर्तता पाएका छन् ।


मसँग अनगिन्ती सपनाका पोका छन्

सपनामा मैले देख्न खोजेका संसार छन्

तिनै संसारमा मेरा गन्तव्य र खुसि छन्

अनि तिनै सपनाका रोजाई र ईच्छा छन्

ती सपना घिउ झैँ पग्लेर हराउने हुन् कि

या बरफ जस्तैगरी पग्लेर बिलाउने हुन् 

या हावा लागेर धुलो उडेझैँ उड्ने हुन्

या भिरमा चढेर हात लाग्ने हुन् 

या दोबाटोमा बसेर पट्याईने हुन्

यसैले अँझै दोधारमा छु किनकी 

सपना जस्तै भएपनि सपना न हुन् ।


म सपना र बिपनाको भागदौडमा छु

किनकी अहिले सम्म सपना र बिपना

अलिकति पनि मैले छुट्याउन सकेको छैन 

साँच्चै सपनाझैँ भएका छन्  मेरा चाहना

किनकी जतिनै योग्य या सक्षम छु भनेपनि ।


मलाई लाग्छ मानिसको जिन्दगी 

सपना देखेर बिपना भोग्ने रहेछ

आशावादी भएर सपनामा जिउने रहेछ

जिन्दगीको उधारो सास बोकेर

यात्रासँगै गन्तव्य रोज्नुपर्दो रहेछ

थोरै बिपनामा खुसि देखिएपनि

हाँसो र खुसि खोज्दै 

यात्राबाटै बिदा हुँनुपर्दो रहेछ ।

                                                 प्रशान्त २०८१।४।८  मंगलबार  नेपालगञ्ज


२०८१ साउन ८ ०८:५१ बजे

प्रतिक्रिया