अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) ले स्ववियु निर्वाचनमा सहभागिता जनाउन सँगठन दर्ता गर्यो

bimbonline बिम्ब अनलाइन
२०८१ साउन ७ १७:०६ बजे

जनकपुरधाम, धनुषा .। पुर्व नेकपा(मशाल) निकट विधार्थी सँगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)ले राजर्षि जनक विश्वविद्यालयको स्ववियु निर्वाचन कार्यविधि २०८१ अन्तर्गत स्ववियु निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। यस सन्दर्भमा, साउन ७ गते जारी गरिएको पत्रमा, युनियनले निर्वाचन प्रयोजनका लागि संगठन र समूह दर्ताका लागि आवेदन दिएको उल्लेख छ।

युनियनका रा.ज.वि. इकाई अध्यक्ष एवम् केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, प्रयास कौशिक धितालले जानकारी दिएअनुसार, युनियनले यस विश्वविद्यालय क्याम्पसका सबै विद्यार्थीहरूको पक्षमा निरन्तर सक्रियता देखाउँदै आएको छ। आगामी स्ववियु निर्वाचनमा प्राज्ञिक र सामाजिक दुबै क्षेत्रमा विद्यार्थीहरूको हकहितका लागि सशक्त भूमिका निर्वाह गर्ने उनीहरूको योजना छ।

संगठनले अनिवार्य रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गरेसँगै, स्ववियु निर्वाचन समिति अन्तर्गत संगठन दर्ता गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। अध्यक्ष धितालले सबै सम्बन्धित पक्षलाई सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैटौं)को यो कदमले विद्यार्थीहरूको हकहितका लागि नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ। संगठनको निरन्तर सक्रियता र योजनाले विद्यार्थीहरूको आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका विश्वास रहेको जनाईएको छ। पुर्व नेकपा(मशाल) निकट रहेको यो विधार्थी सँगठन अहिले नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी विच एकता पछि क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट रहेको छ।


२०८१ साउन ७ १७:०६ बजे

प्रतिक्रिया