भियतनामी सर्वोच्च कम्युनिस्ट नेताको निधन

bimbonline बिम्ब अनलाइन
२०८१ साउन ६ १५:४७ बजे

चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङले भियतनामी कम्युनिष्ट पार्टीका महासचिव ङ्गुएन फु ट्रोङको निधनमा गहिरो दुुःख व्यक्त गर्दै शोक सन्तप्त सबैमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।उहाँले चीनको राजधानी बेइजिङस्थित भियतनामी राजदूतावास पुगेर शोक पुस्तिकामा समवेदना व्यक्त गर्नुभएको बताइएको छ ।

हिजो दिउँसो राष्ट्रपति सि विदेशमन्त्री वाङ यीसहितको टोलीसँगै दूतावास पुग्नुभएको थियो । उहाँले समवेदना सन्देशमा लेख्नुभएको छ, ‘समाजवाद र मजदुर वर्गको हितमा उहाँको नेतृत्वमा भएको आन्दोलन र उहाँको योगदान सँधै सम्झनायोग्य छन् ।’

२०८१ साउन ६ १५:४७ बजे

प्रतिक्रिया