काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुगमन समिति

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुगमन समिति

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ७ १५:१७ बजे
काठमाडौंको फोहोर व्यवस्थापन

काठमाडौं । व्यवस्थापनमा चुनौती  बन्दै गएको काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न सहजीकरण तथा अनुगमन समिति बन्ने भएको छ।

सहरी विकासमन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले  अनसगमन समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरु  सहभागि रहेका थिए । 

समिति गठनबारे जानकारी दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनयता उपत्यकाको फोहोर उठ्न थालेको र अब पुनः समस्या आउन नदिन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्‍जालमा स्टाटस लेख्दै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको  थापाले  जनाएका छन् । 

उनले  संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा होन सकोस र दीर्घकालीन हल खोज्न आग्रह गरेका छन्।

२०७९ भदौ ७ १५:१७ बजे

प्रतिक्रिया