कैलाली जिल्लाको एकता अधिवेशन सम्पन्न, शेरवहादुर देउवा शिखर इञ्चार्ज ,रुद्र कडेल सँयोजक, ३१ जनाको जिल्ला समिति गठन

bimbonline बिम्ब अनलाइन
२०८१ साउन ५ ०९:४६ बजे

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) कैलाली जिल्लाको एकता अधिवेशन हिजो २०८१ श्रवण ४ गते  सम्पन्न भएको छ।७ न. प्रदेश अन्तर्गतका अन्य जिल्ला स्तरिय एकता अधिवेशन सम्पन्न भइ वाँकी रहेका जिल्ला एकता अधिवेशन मध्ये कैलाली जिल्लाको  पार्टी एकता अधिवेशन  २०८१ श्रवण ४ गते सम्पन्र भएको छ। कार्यक्रमका प्रमुख अथिति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय कार्यालय सदस्य एव ७ न. प्रदेश इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व , अथितिमा ७ न. प्रदेश सहसँयोजक रामवहादुर केसी डाइमण्ड, केन्द्रिय सचिवालय सदस्य शेरवहादुर देउवा, केन्द्रिय सदस्य तथा ७ न.प्रदेश कार्यालय सचिव रामवहादुर महरा, केन्द्रिय सदस्य दिनेश थापा समुद्र,केन्द्रिय सल्लाहकार कैलास जैसी रहनु कुरा जिल्ला सँयोजक रुद्र कडेलले वताएका छन।

क्रार्यक्रमको सञ्चालन टँक कोइराला, अध्यक्षता रुद्र कडेल, स्वागत भाषण झगु वि.क.ले गर्नु भएको थियो ।शहिदको सम्झनामा एक मिनेट मौनधारण पछि व्यानर वाचन गरेर प्रमुख अथितिले  लालवहादुर जाग्रीले कार्यक्रमको उध्दधाटन गरि उदधाटन मन्तव्य राख्दै  पार्टी भित्रको वैचारीक सघर्ष वाट  नभागी अन्तर पार्टी सँघर्ष सँञ्चालन गरेर एकतावध्द भएर जानु अहिलेको  आवश्यकता रहेको वताउनु भयो।

कार्यक्रममा इञ्चार्ज डाइमण्डले जिल्ला समितिको ३१ जनाको प्यानल प्रस्तुत गरे पछि हलवाट अनुमोदन भयो। एकता अधिवेशनले कैलाली जिल्लाको इञ्चार्जमा शेरवहादुर देउवा र रुद्र कडेलको सँयोजकत्वमा ३१ जनाको कैलाली जिल्लाको जिल्ला समिति निर्वाचित गरेका छन।कार्यक्रमा शेरवहादुर देउवा, दिनेश थापा समुद्र, रामवहादुर महरा चिन्तकले नयाँ निर्वाचित समिति लाई वधाइ तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।कार्यक्रमको अध्यक्षता गरि रहेका रुद्र कडेलले प्रतिवध्दता सहित कार्यक्रमको समापन गर्नु भएको  टँक कोइरालेले बिम्ब अनलाइन लाई वताएका छन।

                                   

                                  



२०८१ साउन ५ ०९:४६ बजे

प्रतिक्रिया