प्रदेश साँसद धर्मराज पाठकलाई एमालेले सभापति वाट हटायो

bimbonline बिम्ब अनलाइन
२०८३ असोज २८ १९:४६ बजे
धर्मराज पाठक

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित गर्ने बैठक बहिष्कार गरेका आफ्ना सांसदहरूमाथि नेकपा एमालेले कारबाही प्रक्रिया अघि बढाएको छ। एमालेले मंगलबारको प्रदेशसभा बैठमा अनुपस्थित भएका सामाजिक विकास समिति सभापतिसमेत रहेका सांसद धर्मराज पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

पाठकलाई समिति सभापतिबाट हटाउने निर्णयसहितको पत्र सभामुख भीम भण्डारीलाई पठाइएको छ। बजेटको पक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप उल्लङ्घन गरेको भन्दै एमालेले पाठकसँग स्पष्टीकरण पनि मागेको छ।

आइतबार प्रदेशसभामा प्रस्तुत भएको बजेट मंगलबार पारित गर्ने कार्यसूची थियो। त्यसअघि एमाले संसदीय दलले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन, बजेटको पक्षमा मतदान गर्न र तटस्थ नबस्न निर्देशन दिएको थियो। तर, पाठक प्रदेशसभा बैठकमा सहभागी भएनन्। 




२०८३ असोज २८ १९:४६ बजे

प्रतिक्रिया