चार लाख घुससहित दुई जना कृषि प्राविधिक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८१ साउन १ ०७:३० बजे

दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिकलाई चार लाख १२ हजार नगद घुस सहित पक्राउ गरेको छ । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जनाएको छ । 

उनीहरूको साथबाट ४५ लाख ६० हजारका पाँच थान चेक र अशोकको नाममा काटिएको दुई लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।


२०८१ साउन १ ०७:३० बजे

प्रतिक्रिया