त्रिशुलीमा बेपत्ता बस र यात्रुको खोजीका लागि गोताखोर परिचालन

bimbonline बिम्ब अनलाइन
२०८१ असार २९ १२:२५ बजे

चितवन। नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएका दुई बस र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरसहितको टोलीले खोजी सुरु गरेको हो । शिक्षालयबाट ७ गोताखोरसहित २५ जनाको टोली परिचालन गरिएको हो । 

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्सको यात्रुवाहक बस र काठमाण्डौबाट गौरतर्फ जांदै गरेको गणपति डिलक्सको बस पहिरोले बगाएको आशंका छ ।वेपत्ता वस र यात्रुहरुको खोजिकार्य जारी रहेको वताइन्छ।






२०८१ असार २९ १२:२५ बजे

प्रतिक्रिया