नदीको तालमा डुवेर एक किशोरीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८१ असार २७ १५:५४ बजे
मृतक वसन्ती विष्ट

डडेल्धुरा । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा न.११ सलेता बस्ने १७ बर्षिय बसन्ती बिष्टको पुन्तुरा नदीको कौछाडी खण्डको तालमा  नुहाउने क्रममा डुवे मृत्यु भएको  वडा न.११ का वडा अध्यक्ष प्रकाश ऐरले वताएका छन। 

बैजनाथ मा.बि.सलेतामा  कक्षा १० मा अध्यायनरत बसन्ती बिष्टका चारै भाइबहिनी सङ्ग नुहाउन पुन्तुरा खोलाको कौछाडी खण्डमा गइ नुहाइरहेको समयमा  तालमा डुब्दा मृत्यु भएको वताइन्छ। उहाँका भाइ दौडेर आफ्न्त कहाँ खबर गरेपछि  एकघन्टा ढिलो गरि ताल बाट मृतक लाई मृत अवस्थामा बाहिर निकालेको स्थानियले बिम्ब अनलाइन लाई जानकारी गराएका छन। घटनाको जानकारी पछि इलाका प्रहरी कार्यालय जोगबुडाको टोलि घटनास्थलमा जादै गरेको छ। त्यहाँ पुगे पछि सत्यतथ्य बाहिर आउने प्रहरी निरीक्षक गगन सिंह भाटले बताएका छन ।


२०८१ असार २७ १५:५४ बजे

प्रतिक्रिया