विष सेबन गरेर डडेल्धुरामा एक महिलाले गरिन आत्माहत्या

bimbonline बिम्ब अनलाइन
२०८१ असार २७ १५:०८ बजे


डडेल्धुरा । डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा न.१ कलेना बस्ने बर्ष अन्दाजी २२ कि ललिता बोहराले बिष (सेल्फाल) सेबन गरि आत्महत्या   गरेकी छिन ।

आज बिहान बिष सेबन गरेको थाहा पाएपछी उहाका श्रीमान भरत बोहराले जोगबुडा अस्पताल भर्ना गर्नु भएको थियो तर भर्ना भएको करिब ३ घन्टा सम्म बचाउन निरन्तर प्रयास गर्दापनी सम्भब नभइ उपचारको क्रममा निधन भएको जोगबुडा अस्पतालका डा. जितेन्द्र चौधरीले बताउनु भएको छ।

परशुराम नगरपालिका वडा न.५ परिगाउ माइत घर भएकी ललिता बोहरा माइती घर बाटै भुबनेस्वरी नमुना मा.बि. कक्षा १२ मा पढ्नु हुन्थ्यो ।३ बर्षिय छोरीकी आमा समेत रहेकी ललिताले बिष सेबन गर्नुको कारण थाहा नभएको र बिस्तृत अनुसन्धान पछि मात्र भन्न सकिने इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताउनु भएको छ ।



२०८१ असार २७ १५:०८ बजे

प्रतिक्रिया