क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरले , वाढि पिडितको उधार राहत र क्षतिपुर्ति दिन गर्यो माग

bimbonline बिम्ब अनलाइन
२०८१ असार २६ १३:२३ बजे

कञ्चनपुर। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चनपुरका सँयोजक विष्णु दमाइले आज एक वक्तव्य जारी गरी यहि २०८१ असार २२ देखी २४ गते सम्म अविरल वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा भएको मानविय क्षती तथा ३ जनाको निधन, भुजेला, दोधाराचादनी, पुनर्वास लगायतको क्षेत्रमा भएको डुवान ,कटान , खेत र जमिनमा वाढिपसी  अन्नवाली चौपाया तथा घर समेत डुवानमा भइ भएको धनजनको क्षती प्रती दुःख व्यक्त गरेका छन।

वाढि पहिरोले गर्दा भएको मानविय तथा वालीनाली चौपायको तत्काल राहत , उदार , क्षतीपुर्तिको एव तटवन्दको व्यवस्था  गर्ने नेपाल सरकार सँग वक्तव्य मार्फत सो पार्टीले माग गरेका छन।


२०८१ असार २६ १३:२३ बजे

प्रतिक्रिया