यार्सागुम्बा लुट्ने हतियारधारी समूह पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८१ असार २३ ०८:५५ बजे

सुर्खेत। जुम्लामा यार्सागुम्बा लुट्ने हतियारधारी समूहलाई प्रहरीले पक्राउ गरेको छ। जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चने लेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा जुम्ला पातारासी गाउँपालिकाका पशे भनिने गणेश भण्डारी, धनप्रसाद भण्डारी, नवराज बुढा, पुर्णप्रसाद भण्डारी, राम अधिकारी, मानबहादुर बुढा, कमल थापा र वीरबल बोहराको प्रहरीले जनाएको छ।

जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका– १, डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेको प्रहरीको भनाइ छ।

घटना भएको झण्डै एक महिनापछि मुगुमा पछिल्लो पटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न आठमध्ये चार जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियारसमेत बरामद गरिएको छ। प्रहरीले बरामद गरेका हातहतियारमा कटुवा पेस्तोल एक थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको ड्रेस, र ट्रेकिङ झोलासहित रहेको छ।


२०८१ असार २३ ०८:५५ बजे

प्रतिक्रिया