पेरुमा ७.२ म्याग्निच्युडको भूकम्प

bimbonline बिम्ब अनलाइन
२०८१ असार १६ ०६:४४ बजे

लिमा । दक्षिणी पेरूमा ७.२ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको प्रधानमन्त्री गुस्ताभो एड्री्आन्जले जनाएका छन् ।

भूकम्पले राजधानी लिमाबाट करिब ६०० किलोमिटर दक्षिणमा रहेको एटीक्विपा क्षेत्र बढी प्रभावित भएको छ । भूकम्पको झड्का राजधानीसम्म महसुस गरिएको जनाइएको छ । सीसीटिभी फुटेजमा नजिकको सहर काराभेलीका बासिन्दा भूकम्पपछि घरबाट बाहिर निस्केका थिए ।द प्यासिफिक सुनामी वार्निङ सेन्टरले प्रारम्भिक अनुमान अनुसार पेरूको तटीय क्षेत्रमा एकदेखि तीन मिटर वेभसहितको सुनामी आउन सक्ने चेतावनी दिएको छ ।


२०८१ असार १६ ०६:४४ बजे

प्रतिक्रिया