राजेशपायल राईले रक्सी खाएका कारण एयरपोट वाट फिर्ता

bimbonline बिम्ब अनलाइन
२०८१ असार १४ २०:२० बजे

काठमाण्डौ। गायक राजेशपायल राई मदिरा सेवनका कारण फेरि एकपटक विवादमा तानिएका छन् । यसअघि पनि मदिरा सेवन गरेर विभिन्न काण्ड गरिसकेका राईले बिहीबार दुबई जान लाग्दा विमानभित्रै अस्वाभाविक व्यवहार देखाएका थिए । त्यसपछि एयरलाइन्सले उनलाई प्रहरीको जिम्मा लगाएको थियो । सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो । 

गायक राई बिहीबार बिहान १० बजे फ्लाई दुबईबाट दुबई जान लागेका थिए । प्रहरीले विमानस्थलबाट उनलाई ट्याक्सीमा हालेर घर पठाएको थियो । मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत आफ्नो कार्यक्रमका लागि जान सक्ने प्रहरीले जनाएको छ ।यसअघि २२ चैतमा पनि मदिरा सेवन गरेर होहल्ला गरेका कारण राईलाई काठमाडौंको अनामनगरबाट प्रहरीले पक्राउ गरेको थियो । अबदेखि मदिरा खाएर लफडा नगर्ने कागजमा हस्ताक्षर गराएर प्रहरीले उनलाई छोडेका थियो । घटनापछि राईले एक अन्तर्वार्तामा आफूले रक्सी खान छोडेको १० र १२ वर्ष भइसकेको जिकिर गरेका थिए । उनले आफ्नो लोकप्रियताको डाह गर्नेहरूले झुटो प्रचार बेलाबखत गरिराख्ने दाबी गरेका थिए । 


२०८१ असार १४ २०:२० बजे

प्रतिक्रिया