नेपाल आइडल सिजन ५’ को विजेता बने करण परियार

bimbonline बिम्ब अनलाइन
२०८१ असार १० ०९:२२ बजे

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ को बजेता बर्दियाका करण परियार बनेका छन । शनिबार भएको ग्राण्ड फिनालेमा तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता बन्न सफल भएका हुन् ।

उपाधीसँगै परियारले २५ लाख  रुपैयाँ नगद पुरस्कार पाएका छन् ।  ‘नेपाल आइडल सिजन ५’को फस्ट रनरअप पोखराकी सलोमी गुरूङ बनेकी छन् भने सेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भएकी छन् । फस्ट रनरअप गुरूङले १० लाख र सेकेन्ड रनरअप विश्वकर्माले ५ लाख नगद पुरस्कार पाएकी छन् ।त्यस्तै, थर्ड रनरअप दार्जलिङका मोहित भुजेल बन्दै स्कुटर पाएका  छन् ।

यसअघि पहिलो सिजनमा बुद्ध लामा, दोस्रोमा रवि ओड, तेस्रोमा सज्जा चौलागाईं र चौथोमा भूपेन्द्र थापामगरले नेपाल आइडलको उपाधि हात पारेका थिए । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल लगायतले प्रस्तुति देखाएका थिए ।

ग्राण्ड फिनालेमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक भूमिकामा थिए भने रिमा विश्वकर्मा र आशिफ शाहले सञ्चालन गरेका थिए । सिजन ५ को अडिसन गत पुस २१ देखि सुरु भएको थियो भने फागुन २४ देखि प्रसारण भएको थियो । सिजन ५का लागि देशभरिबाट १५२ जना छनौट भएका थिए ।


२०८१ असार १० ०९:२२ बजे

प्रतिक्रिया