दार्चुलामा शिकार खेल्न जंगल गएका एक जनाको गोली लागेर मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८१ असार १० ०९:०२ बजे

दार्चुलामा गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ नागुका ५५ वर्षीय धंके डडालको गोली लागेर शनिबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सोही ठाउँका ५३ वर्षीय जयसिंह डडालले चलाएको भरुवा बन्दुकको गोली लागेर ५५ वर्षीय धंके डडालको घटनास्थलमै मृत्यु भएको छ।यी दुवै जना शिकार खेल्न जंगल गएका बेला घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

गोली चलाउने ५३ वर्षीय जयसिंहलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीलाई शनिबार दिउँसो ४ बजे खबर आएको थियो। जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक सिंह नेतृत्वको टोली पनि घटनास्थलतर्फ जाँदैछ। ‘शिकार खेल्न गएका बेला गोली लागेर मृत्यु भएको खबर आएको छ। हामी घटनास्थलतर्फ जाँदैछौँ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘हामी घटनास्थल भोलि मात्रै पुग्छौँ।’





२०८१ असार १० ०९:०२ बजे

प्रतिक्रिया