क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराले वरामद गरेको अवैध जडिवुडी सवडिभिजन वनकार्यालय डडेल्धुरा आलीताल लाई हस्तातरण

bimbonline बिम्ब अनलाइन
२०८१ असार ६ ११:५७ बजे
वरामद जडिवुडीको फोटो

डडेल्धुरा। डडेल्धुरा जिल्लाको महाभारत वनक्षेत्रवाट डिभिजन वन कार्यालय डडेल्धुराको इजाजतपत्र विना अवैधरुपमा सँकलन गरि आलिताल गा.पा.वार्ड न. ३ साउनेटगाउँको एउटाघरको गोदाममा जम्मा गरि राखेको  अवस्थामा अवैध जडिवुडी( झ्याउ) क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराको एक टोलीले यहि असार ३ गते वरामद गरेको कुरा सँयोजक सागर वोहराले वताएका छन।

वरामद अवैध जडिवुडी सवडिभिजन वनकार्यालय आलीतालका कर्मचारी केशव वडु लाई  दोषि माथि अनुसन्धान गरी कार्वाहि गर्नेका लागी हिजो हस्तातरण गरीएको छ।  यो भन्दापुर्व पनि विभिन्न किसिमका जडिवुडीहरु वन कर्मचारीको मिलोमतोमा अवैधरुपमा सँकलन ओसार पसार हुने गरेको हुदा अवैध काम गर्ने जुनसुकै व्यक्ति भए पनि कार्वाहि गरीनु पर्ने कुरा  सँयोजक सागर वोहराले वताएका छन।

२०८१ असार ६ ११:५७ बजे

प्रतिक्रिया