क. चुनौती प्रति श्रध्दाञ्जली अर्पण

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २८ १४:१८ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले क. चुनौतीको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले क. चुनौतीको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

२०८१ जेठ २४ गते एक प्रेस वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । संयोजक किरणले शोकको घडीमा परिवारजन र आफन्तजनहरुमा समवेदना समेत व्यक्त गरेका छन् । वक्तव्यमा अगाडि भनिएको छ–“त्रिवेणी गाउँपालिका वडा नं. २ रुकुम (पश्चिम) निवासी चन्द्रकला बोहरा (क. चुनौती) को २०८१ जेठ २३ गते राती ८ः५५ बजे स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारको क्रममा दुःखद निधन भएको छ । उहाँले ०५३ सालदेखि तत्कालीन नेकपा (माओवादी) निकट विद्यार्थी संगठन हुँदै पार्टीका विभिन्न तहका जिम्मेवारीमा रहेर इमान्दारीपूर्वक निशर्त भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

उहाँ हाम्रो पार्टीका महाधिवेशन आयोजक समितिको सचिवालय सदस्य तथा ५ नं. प्रदेश संगठन समितिका संयोजक कमरेड श्याम बहादुर बोहराकी जीवन संगिनी हुनुहुन्थ्यो । उहाँका दुई छोरीहरु डेनिशा बोहरा र गायत्री बोहरा हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना इमान्दार क्रान्तिकारी योद्धा गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी क. चुनौतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र क. श्यामबहादुर बोहरा तथा छोरीहरु सहित सम्पूर्ण परिवार एवम् आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।” वक्तव्यमा भनिएको छ।


२०८१ ज्येष्ठ २८ १४:१८ बजे

प्रतिक्रिया