नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायत जाने श्रमिकलाई कुनै शुल्क नलाग्ने

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर, बेलायत जाने श्रमिकलाई कुनै शुल्क नलाग्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १५:०० बजे
बेलायत जाने श्रमिकलाई कुनै शुल्क नलाग्ने

 काठमाडौं । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर  गरेका हुन् । 

सहमती अनुसार नेपालका स्वास्थ्यकर्मीले बेलायतमा रोजगारीका अवसर पाउने छन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क नलाग्ने  छैन् । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् । बेलायतमा काम गर्दा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा बेलायतकै स्वास्थ्यकर्मीको बराबर  हुने छ । 

स्वास्थयकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकएिको निकायको प्रत्यक्ष संलग्नतामा 'जीटूजीु'प्रक्रिया बमोजिम हुनेछ । यस्तै नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने कुरा पनि समझदारीपत्रमा उल्लेख छ ।


unn.prixa.net

२०७९ भदौ ६ १५:०० बजे

प्रतिक्रिया