जोगबुढा विद्युत केन्द्रका कर्मचारी करेन्ट लागेर घाइते

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २७ २०:१६ बजे

डडेलधुरा। डडेल्धुरामा करेन्ट लागेर एक जना घाइते भएका छन्।जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट  लागेको थियो।

घाइते हुनेमा डडेलधुराको परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। 

 




२०८१ ज्येष्ठ २७ २०:१६ बजे

प्रतिक्रिया