प्युठानमा नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी विच एकता अधिवेशन सम्पन्र

सँयोजकमा वीरवहादु पुन, सहसँयोजकमा गोपाल नेपाली र गोविन्द्रराज पोखरेल ,३९ जनाको जिल्ला कमिटी गठन

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २७ ०८:२९ बजे

प्युठान।  क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको २०८१ जेष्ठ २६ गते प्युठानमा पार्टी एकता अधिवेशन सम्पन्न भएको छ।

५ नम्बर प्रदेश सह- संयोजक तथा केन्द्रीय सचिवालय सदस्य  कृष्ण के. सी. को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रीय कार्यालय सदस्य के बी गुरुङ्ग, केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज टिकाराम पौडेल, केन्द्रीय सचिवालय सदस्यहरू धनेश्वर पोख्रेल र जितामित्र सुनार ,केन्द्रीय सदस्य ओविराम जि. एम.  लगायत को उपस्थिति रहेको थियो।

विर बहादुर पुन मगर संयोजक र सह-संयोजक गोपाल नेपाली र गोबिन्द्रराज पोख्रेल रहेको ३९ जनाको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति प्युठानको गठन गरिको  जितामित्र सुनारले वताएका छन। 

उक्त कार्यक्रमको अध्यक्षता बिर बहादुर पुन मगरले गर्नु भएको थियो। संचालन गोपाल नेपाली र स्वागत गोबिन्दराज पोख्रेलले गर्नु भएको थियो।


२०८१ ज्येष्ठ २७ ०८:२९ बजे

प्रतिक्रिया