अर्धाखाँचीमा एकता अधिवेशन सम्पन्न ,सँयोजकमा नेपाली, ५५ जनाको जिल्ला कमिटी गठन

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २० २०:३९ बजे

अर्धाखाँची। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल ) बीच आज अर्घाखाँची जिल्लामा एकता अधिवशन सम्पन्न भएको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसँयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी बिदेशी शक्तीहरुको कसरत भइरहेको बताउदै देशको राष्ट्रिय स्वाधिनताको बिषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि बिचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकतालाई समेत जोड दिदै नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको बिषयमा आवाज बुलन्द गर्न आवस्यक रहेको बताउनु  भएको थियो

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य  अर्जुन,केन्द्रीय सदस्य कौडिल्य,ओबिराम,केन्द्रिय तथा जिल्ला ईन्चार्ज हुकुम खड्का केन्द्रीय सल्लाहकार पिताम्बर भट्टराइ प्रदेश सदस्य अशोक थापा लगायतले मन्तब्य राख्नुभएको थियो ।

एकता अधिवेशनमा जिल्ला संयोजक राजेन्द्र नेपालीको अध्यक्षता सहसंयोजक ज्वालाको सञ्चालन, सहसयोजक  अबिरलको स्बागत मन्तब्यमा राख्दै सम्पन्न भएको छ। एकता अधिवेशनले राजेन्द्र नेपालीको सँयोजकत्वमा ५५ सदसिय जिल्ला समिति घोषणा गरिएको छ। कार्यविभाजन र जिम्मेबारी समेत तोकिएको छ । कम्युनिष्ट बिभाजन भन्दा एकतालाई यि दुवै पार्टीले लामोसयम देखि जोड दिदै आएको थिए ।


२०८१ ज्येष्ठ २० २०:३९ बजे

प्रतिक्रिया