बागलुङ भेटीएको ग्रिनेट सेनाद्वारा पारीयो निस्क्रिय

बागलुङ भेटीएको ग्रिनेट सेनाद्वारा पारीयो निस्क्रिय

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १४:४६ बजे
ग्रिनेट

 काठमाडौं ।  बागलुङको तमानखोलामा भेटिएको ग्रिनेडलाई नेपाली सेनाले निस्क्रिय पारेको छ । तमानखोला गाउँपालिका वडा नं.३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा भेटिएको ग्रिनेड पहरीले विस्क्रिय पारेको हो ।  ग्रिनेट घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको टोलीले निस्क्रिय पारेको हो । 

टेकमायाका ज्वाइ मानबहादुर रोकायले ५ महिनाअघि राख्न दिएको झोला खोली हेर्दा डल्लो वस्तु भेटिएको  प्रहरीले बताएको छ ।   

टेकमायाले उक्त वस्तु शनिबार छिमेकीलाई देखाएकी थिइन् । स्थानीयले उक्त वस्तुले खतरा हुनसक्ने भन्दै सेनालाई खबर गरेका थिए । उक्त वस्तु राख्न दिने रोकाय भूतपूर्व भारतीय सेनाका जवान हुन् ।

उक्त जानकारी पाएपछि श्रीमेहर गणका गणपति देवभक्त माडी श्रेष्ठले डिस्पोजल टोली पठाएका थिए । टोलीले सफलतापूर्वक ग्रिनेड निस्क्रिय पारेको छ। 

२०७९ भदौ ६ १४:४६ बजे

प्रतिक्रिया