डडेल्धुरा। डडेल्धुरा जिल्ला परशुराम नगरपालिकाको नेकपा एमालेको दोस्रो नगर अधिबेशनबाट ओम प्रकाश जोशी पुनः अध्यक्ष पदमा हिजो निर्बाचित भएका छन ।
परशुराम नगरपालिकाको परशुरामधाममा भएको दोस्रो नगर अधिबेशनमा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय कमिटी सद्स्य पठान सिंह बोहरा र नगर अध्यक्ष ओम प्रकाश जोशिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।जिल्ला अध्यक्ष गजेन्द्र शाहिले कार्यक्रम सभ्य भब्य र मर्यादित मनाउन कार्यकर्ताहरुलाइ आग्रह गर्दै बिबाद रहित सहमतिमै अधिबेशन सम्पन्न गर्न जोड दिनुभयो । चार जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएपनि छलफल बाट अध्यक्ष पदको टुङ्गो लगाइएको निर्बाचन मण्डलका संयोजक केशब बहादुर बोहराले जानकारी गराउनु भयो ।
सम्मेलनले ओम प्रकाश जोशीको अध्यक्षतामा ५१ जनाको नगरकमिटी निर्वाचित गरेको छ। जस्मा उपाध्यक्षमा दिपक महता ,सचिब पदमा मान बहादुर महरा , उपसचिबमा भान सिंह धामी र पार्वती धामी निर्बाचित भएका छन ।नगर अध्यक्षको सपत ग्रहण पछि पहिले दिन भन्दा आगामि दिनमा झन दरिलो र सङग्ठित भएर अघि बढ्ने अध्यक्ष जोशिले प्रतिवध्दता व्यक्त गर्नु भयो ।
प्रतिक्रिया