बझाङ जयपृथ्वी नगरपालिका घर भई हाल धनगढी बस्दै आएका सिंह चरेससहित पक्राउ

बझाङ जयपृथ्वी नगरपालिका घर भई हाल धनगढी बस्दै आएका सिंह चरेससहित पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १४:३७ बजे
चरेससहित पक्राउ

काठमाडौं । कैलालीमा एक किलो चरेससहित एक जना पक्राउ  गरीएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ घर भई हाल धनगढी उपमहानगरपालिका–१२ जुगेडा बस्ने ३६ वर्षीय दिनेश सिंह  चरेस सिहत पक्राउ गरीएको हो ।    

आइतबार जुगेडास्थित किराना पसलबाट उनलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले  बताएकोछ ।  प्रहरीका अनुसार सिंहविरुद्ध  थप अनुसन्धान भइरहेको छ । 

२०७९ भदौ ६ १४:३७ बजे

प्रतिक्रिया