सुर्खेत। नेपालका पुरातन मठ मन्दिर विहार मध्ये सुर्खेतको क्राँक्रे विहार अदभुत प्राचिन काँक्रे विहार देखिन्छ।
सिञ्जा (जुम्ला) राज्यका सम्राट राजा अशोक चल्लले वि.स. १३२५ तिर सुर्खेतको काँक्रे विहार निर्माण गरेको मानिन्छ।उनको शासनकाल १३१२ देखि १३३५ सम्म २४ वर्ष शासन गरेका थिए।अशोक मल्ल राजा क्राचल्लका छोरा थिए भने अशोक चल्लका छोरा जितारी चल्लले आफु राजा भए पछि आफ्नो नामको पछाडी चल्लको सट्टा मल्ल लेख्नेको वताइन्छ। त्यस पछि चल्लहरुको वँश मल्ल वँशमा परिणत भयो। राजा अशोक चल्ल माहायानी वौध्द धर्म मान्दथे भन्ने अरु धर्मलाई पनि उतिकै आदर भाव गर्दथे। उनको राज्य पश्चिममा गढवाल,लदाक र सतलज नदि सम्म, पुर्वमा त्रिशुली नदि सम्म, उत्तरमा तिव्वतको खारी प्रदेश ,दक्षिणमा हालको तराइ भाग सम्म फैलिएको थियो।हाल भारतको वोधगयामा प्राप्त शिलालेखहरु अनुसार उनि राजनितिक प्रभाव वोधगया सम्म रहेको थियो।वि.स. १८९०को ठुलो भुइचालोका कारण यो विहार भत्किए पछि पुनः निर्माण गरिएको वताइन्छ।
यस विहारको पुर्व-पश्चिम, उत्तर-दक्षिण चारै दिशावाट हेर्दा एउटै आकृतिको वनाउट रहेको छ। यो मानव निर्मित विहार हो।
वौध्द धर्मालम्विहरुको धार्मिक आस्थाको केन्द्र एव अन्य व्यक्तिका लागी पर्टकिय महत्व रहेको काक्रे विहार सुर्खेत पुगेका जोसुकैले एक पटक हेर्नुपर्ने आवश्यक छ।यो विहारको फोटो अगाडी तर्फ जस्तो देखिएको छ चारैतिर उस्तै आकार -प्रकारको रहेको छ।
प्रतिक्रिया