मदन–जीवराज स्मृति दिवस मनाइँदै

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ ३ १२:१५ बजे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस आज मनाइँदैछ ।  एमाले र नेकपा (एकीकृत समाजवादी) ले जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको  स्मरण गरी मनाउँदै छन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) दक्षिणपन्थी सँसदिय मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।


२०८१ ज्येष्ठ ३ १२:१५ बजे

प्रतिक्रिया