डडेल्धुरा अस्पतालमा सुचनाको माग गर्दे ,१७ बुंद्धे लिखित निबेदन दर्ता

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २ १५:०० बजे

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा पछिल्लो केही सयम यता देखि ब्यापक रुपमा जनगुनासा र आर्थिक अनियमितता संग जोडिएका घटनाहरु सार्बजनिक हुन थालेपछि सोमबार समाजिक अभियानान्ताहरुको एक टोलीले सुचनाको माग गर्दे निबेदन दर्ता गराएको छ । 

सुदुरपश्चिम प्रदेश अन्तरगत संघिय सरकार मातहत रहेको एक मात्रै सुबिधा सम्पन्न डडेल्धुरा अस्पताल बिरामीको सेवा गर्नुको साँटो आफै समस्याको घेराभित्र रहेर थलापरेपछि समाजिक अभियान्ताहरुले चासो दिएका हुन । 

अस्पताल ब्यबस्थापन समिति र अस्पतालका कर्मचारी संयन्त्रका प्रमुख मेसुको नेतृत्वको टिमले अस्पतालभित्र नागरिकको स्वास्थ्य सेवा प्रभाबकारी बनाउनुको सटटा केबल अस्पताल भित्र कार्यालय प्रयोजनका नाममा खरिद प्रक्रिया,निर्माण देखि औषधी खरिद र कर्मचारी भर्ना प्रक्रियालाई बढी प्राथमिकतामा राख्न थालेपछि सेवाग्राहीको जनगुनासो बढेको हो । अस्पताल भित्रको आर्थिक बेथिती र कर्मचारी भर्तिकेन्द्रका रुपमा मात्रै डडेल्धुरा अस्पताललाई प्रयोग गरिन थालेपछि सामान्य बिरामीहरु पनि सेवा नपाएर धनगढीका निजी अस्पतालमा सेवा लिन बाध्य भएपछि नागरिक अभियान्ताहरुको चासो बढेको हो । 

डडेल्धुरा अस्पताललाई ब्यबस्थित प्रभाबकारी बनाउनका लागी पटक पटक सल्लाह र सुझाब दिऔं तर अस्पताल प्रशासनले सुने नसुने जस्तै गरेपछि अस्पताल भित्रको बास्तबिकता के हो भन्दै सुचनाको हक ऐन अन्तगत निबेदन दर्ता गराएको समाजिक अभियान्ता एबम पत्रकार महासंघ डडेल्धुराका निबर्तमान अध्यक्ष मानबहादुर साँउदले बताउनुभयो । सुदुरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको ठुलो अस्पतालका रुपमा हामीले लिएका थियौं तर यहाँको ब्यबस्थापकीय पक्ष निकै फितलो हुन थालेपछि यो अस्पताल रिफरल अस्पतालका रुपमा परिणत भएको आभास भएको साँउदको भनाई थियो 

जनताको स्वास्थ्य सेवा गर्ने संस्था नै अपारदर्शिता र फितलो ब्यबस्थापन हुन थालेपछि जिल्लाका सरोकारवाला निकायको गम्भिर ध्यान जान जरुरी छ समाजिक अभियान्ता साँउदले भने — १७ बुद्धे जनगुनासा सहितको निबेदन दर्ता गराएका छौं के हो त बास्तबिकता अध्यन गरेर अघि बढ्छौं । 

अस्पतालका अध्यक्ष करुणाकर ओझा,अस्पतालका मेसु डा.सन्तोश कुमार गुप्ता र सुचना अधिकारी डा.आशिस अधिकारी सम्मिलित टोलीलाई निबदेन दर्ता गराएका छौं साँउदले भन्नुभयो— अस्पताललाई चुस्त दुरुस्त,सुशासन पारदर्शिता र नागरिकको स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन हामीले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दे अस्पताल भित्रका बेथितीलाई न्युनिकरण गरेर सेवालाई चुस्त दुरुस्त गरेर अघि बढ्न आग्रह समेत गर्नुभयो । 

अस्पताल भित्र पटक पटक जनगुनासा र आर्थिक अनियमिताका घटनाहरु सार्बजनिक हुदाँ आफुहरुले सुचनाको लिखित माग सहितको निबेदन दर्ता गराऔं एक बर्ष हुदा सम्म सुनुवाई भएन समाजिक अभियान्ता सुरत तमौलीले भने— अस्पताल भित्रको बेथतीमा सुधार नहुँदा सम्म अस्पतालले जनताको स्वास्थ्य सेवा प्रबाह गर्न नसक्ने बताउनुभयो । अस्पताल प्रशासन र अस्पताल बिकास समितिको ध्यान अन्यत्रै छ अनि सेवाग्राहीले कसरी स्वास्थ्य सेवा प्राप्त गर्छन तमौलीले भने—सुचना माग गर्दा अस्पतालले हामीलाई टेरेन भने अनि बिरामीहरुलाई टेर्छन त उहाँको प्रश्न थियो । 

अस्पतालले दरबन्दी अनुसारको बिशेषज्ञ चिकित्सकको पदपुर्ति गर्न सकेको छैन अन्य प्राबिधिक तथा प्रशासनिक कर्मचारीको अभाब छ तर अस्पताल बिकास समिति भने करारमा कर्मचारी भर्ना गरेर अस्पतालको आर्थिक दायित्व बढउने काममा बढी सकृयता भएको देखिन्छ प्रेस चौतारीका जिल्ला अध्यक्ष लोकेन्द्र ओझाले भने । 

 अस्पताल जनताको सेवामा बढी केन्द्रीत हुनपर्ने हो त्यस्तो देखिएको छैन थुप्रै खालका समस्याले अस्पताल झेलिएको छ समाजिक अभियान्ता ओझाले भने जनताका गुनासा र अस्पतालको सेवा प्रबाहलाई थप प्रभाबकारी बनाउन आफुहरुले सुचनाको माग गरेका छौं हामीलाई बिश्वास छ छिट्टै प्राप्त हुनेछ उहाँले भन्नुभयो । 

सुचनाको निबेदन बुझ्दै अस्पताल बिकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पताल भित्र समस्या छन तर बजारमा जसरी अस्पताल प्रतिको अपबाह फैलिएको त्यो स्तर सम्म नभएको दाबी गर्नु हुन्छ । 

 

२०८१ ज्येष्ठ २ १५:०० बजे

प्रतिक्रिया