नारायण सापकोटा अस्पताल भर्ना

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ २ १४:०८ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सचिवालय सदस्य नारायण सापकोटाको स्वास्थ्यमा थप समस्या आएको कारण वीर अस्पताल भर्ना गरिएको छ । लामो समयदेखि क्यान्सर रोगसंग लडिरहनुभएका सापकोटा घरमै स्वास्थ्य लाभ गरिरहनु भएको थियो ।

वैशाख ३१ गते बिहानदेखि अत्यधिक ज्वरो आउने, वान्ता हुने समस्या आएका कारण जेठ १ गते बिहान अस्पतालमा लगिएको हो । यो समाचार तयार पार्दासम्म वहाँको वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचार जारी रहेको छ । सम्पूर्ण रिपोर्टहरु सामान्य आएपनि ज्वरो र वान्ता हुने समस्यामा खासै सुधार हुन सकेको छैन । अहिले वहाँलाई नशाबाट औषधी दिईएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यालय सदस्य कृष्णराज पौडेलले जानकारी गराए ।

नारायण सापकोटा गत वर्षको भदौ महिनादेखि ब्रेन क्यान्सरको उपचाररत हुनुहुन्छ ।वहाँको विपी कोईराला क्यान्सर अस्पताल भरतपुर चितवनमा असोज २ गते देखि त्यही रहेर उपचार गराउनु भएको थियो । वहाँलाई गत चैत्रको १२ गते काठमाण्डौ ल्याईएको थियो ।  नारायण सापकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।


२०८१ ज्येष्ठ २ १४:०८ बजे

प्रतिक्रिया