विधार्थी दिवशको पुर्वसन्ध्यामा विधार्थी नेता मिलन राई गिरफ्तार , रिहाइको माग

bimbonline बिम्ब अनलाइन
२०८१ ज्येष्ठ १ ०९:०९ बजे
मिलन राइ

काठमाण्डौ।  क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट विधार्थी सँगठनका अध्यक्ष तथा युवा विद्यार्थी नेता एव अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईलाई हिजो राति ८ः४५ बजे रानीबन स्थित आफ्नै पसलबाट बिना कारण गिरफ्तार गरी बालाजु प्रहरी चौकीको हिरासतमा राखेका छन ।

कुनै व्यक्तिलाई गिरफ्तार गर्दा  कारण र  आधार खुलाएर अदालतको अनुमति लिइ पक्राउ पुर्जी दिएर मात्र पक्रिनु पर्ने कानुनी व्यवस्था विपरित  हिजो राती मिलन राइ लाई विना पक्राउ पुर्जी गिरफ्तार गरी प्रहरी हिरासतमा राख्नु सरकारको फासीवादीकरणको अभिव्यक्ति र लोकतन्त्रको गम्भीर उपहास हो । हाम्रो पार्टी नेपाल सरकारको यस प्रकारको फासीवादी कदमको घोर निन्दा र तीव्र भत्र्सना गर्दै उहाँलाई बिना सर्त र अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ  भनि क्रान्तिकारी कम्युनिष्ट पार्टीका सँयोजक किरणले आज एक वक्तव्य जारी गरी माग गरेका छन।

प्रहरीले नै कानुन विपरित मिलन राइ लाई गिरफ्तार गरेको हुदा प्रहरीले कानुनको उलङघन गरेको छ। आज जेष्ट १ गते विधार्थी दिवश समेत रहेको अवस्थामा विधार्थी दिवशका विभिन्न कार्यक्रमा अवरोध पुर्याउने उदेश्यले सरकारले मिलन राइलाई गिरफ्तार गरेको हुन सक्ने विलेषकहरु वताउछ।वक्तव्यको पुर्णपाठ-





२०८१ ज्येष्ठ १ ०९:०९ बजे

प्रतिक्रिया