ऋषिराम लामिछानेप्रति भावपूर्ण श्रद्धाञ्जली

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ३१ २०:५८ बजे

काठमाडौं । अखिल नेपाल युवक संघले केन्द्रीय सचिव शरद लामिछानेका बुबा ऋषिराम लामिछानेको  गत वैशाख २८ गते ८१ वर्षको उमेरमा भएको असामयिक निधन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोकाकुल अवस्थामा रहनु भएका शरद लामिछाने र उहाँका परिवारजनमा समवेदना प्रकट गरेको छ ।

अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष जितामित्र सुनारले २०८१ वैशाख ३० गते एक शोक वक्तव्य प्रकाशित गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । वक्तव्यमा अगाडि भनिएको छ–“अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कमरेड शरद लामिछाने पितृ शोकमा पर्नुभएको छ । कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगर निवासी कमरेड शरद लामिछानेको बुवा ऋषिराम लामिछानेको आफ्नै निवासमा मिति २०८१ बैशाख २८ गतेका दिन ८१ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

बुबा डण्डपाणि लामिछाने तथा आमा मनकुमारीको कोखबाट २००१ साल भदौ २७ गते कास्की ताक्राङमा जन्मनुभएका लामिछाने पाँच भाइ मध्ये जेठो सन्तान हुनुहुन्थ्यो । उहाँकी पत्नी लीलामाया लामिछाने सहित उहाँको परिवारमा तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

बैशाख २९ गते शनिवार अघैयाघाटमा उहाँको दाहसंस्कार गरिएको छ । मृतक ऋषिराम लामिछाने प्रति हाम्रो संगठन अखिल नेपाल युवक सङ्घको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल अवस्थामा रहनु भएका संगठनका केन्द्रीय सचिव कमरेड शरद लामिछाने र उहाँको सम्पूर्ण परिवारजनमा समवेदना प्रकटगर्दछौं ।” शोक वक्तव्यको पुर्णपाठ

२०८१ वैशाख ३१ २०:५८ बजे

प्रतिक्रिया