गायक रवि ओडले गरे आत्मसमर्पण

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ३० ११:४७ बजे

कञ्चनपुर। नेपाल आइडल सिजन २ का विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । 

वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउपुर्जी जारी भएका ओडले बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार रविलाई जिल्ला अदालत कञ्चनपुर वाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

गत चैत २० गते ओडविरूद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा नेपाल बाहिर रहेका कारण सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरिएको भए पनि उनी पक्राउ परेका थिएनन् ।




२०८१ वैशाख ३० ११:४७ बजे

प्रतिक्रिया