क्रान्तिकारी कम्युनिष्ट पार्टी डडेल्धुराले दियो ज्ञापनपत्र

मागपुरा नगरे जनपरिचालन गरि सँघर्ष गर्ने

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २७ १९:०४ बजे

डडेल्धुरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डडेल्धुरा जिल्ला सँगठन समितिले आलिताल गाउँपालीकाका अध्यक्ष शरेसिह पार्की लाई  आज स्थानिय स्तरमा रहेका जनसरोकारका विषयहरुको  समाधानका लागी ज्ञापनपत्र वुझाएका छन।

आलिताल गाउँपालीका भित्र कारोवार गरिरहेका लधुवित्त सँस्थाले  ऋणि (जनता )वाट लिएको चर्को व्याज वन्द गरि लधुवित्तको कारोवार वन्द गरिनु पर्ने ,शिक्षाक्षेत्रमा भइरहेको भ्रष्टचार अनियमिता वन्द गरि भ्रष्टचारमा सँलग्न व्यक्ति लाई कार्वाहि गरिनुपर्ने ,पालिकाको वजेट वाँडफाँड गर्दा कृषि र शिक्षा क्षेत्र लाई प्राथमिकतामा राखि वजेटको ठुलो हिस्सा यस क्षेत्रमा छुट्टाइ किसानको जिवनस्तर उठाउनुपर्ने,पालीका क्षेत्रभित्र विकास निर्माण गर्न विभिन्न कार्यालय वा निकाय वाट ठेक्का लिएका निर्माण व्यवशायीहरुले गुणस्तरिय काम नगरेको, काम अधुरा गरेको वा समयमा निर्माणका काम सम्पन्न नगर्ने निर्माण व्यवशायीहरु लाई कार्वाही गर्न र पालीका लाई कार्यकर्ता भर्तिकेन्द्र नवनाइ  कर्मचारी भर्ना गर्दा निष्पक्ष ,पारदर्शि, योग्यता र क्षमताका आधारमा भर्ना गर्न ज्ञापनपत्र मार्फत पार्टीले माग गरेका छन।

गाउँपालीकाले आफ्ना माग समयमा नै पुरा नगरेमा पार्टीले जनपरिचालन गरी जनसघर्ष अगाडी वढाउने छ ।त्यसको जवाफदायी गाउँपालीका तथा वर्तमान सरकार हुने कुरा सँयोजक सागरले वताएका छन।

ज्ञापनपत्रको पुर्णपाठ-

                                                                                                                                                                  

       

२०८१ वैशाख २७ १९:०४ बजे

प्रतिक्रिया