जनकपुरमा शुभश्री सहकारीको ८० लाख हतियारधारी वाट लुटपाट

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख २४ १४:२० बजे

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको आज ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको जानकारी आएको र अहिले अनुसन्धान गरिरहेको धनुषाका डीएसपी रञ्जन अवालेले बताए। सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको सूचना आएको छ।, अहिले हामी त्यसैमा लागिरहेका छौं, विस्तृत खुलिसकेको छैन, डीएसपी अवालेले भने।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा पेस्तोल देखाएर लुटपाट भएको बताएका छन्। महतोलाई मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेको प्रहरीलाई बताएका छन्।


२०८१ वैशाख २४ १४:२० बजे

प्रतिक्रिया