पार्टी एकता घोषणा सभाको बिम्व अनलाइन फेसवुक पेजमा लाइभ प्रसारण

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १८ २१:१५ बजे

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (मशाल) र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल विच आज भएको पार्टी एकता अधिवेशनले पारित र निर्वाचित गरेका निति र नेतृत्वको भोली घोषणा हुने क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता चिन्तामणि पौडेलले वताएका छन।

भोली वैशाख १९ गते काठमाण्डौको  पुरानो वानेश्वरमा रहेको ऊँ शाइ क्याष्टिनको हलमा  दिउसो १ वजे देखि घोषण सभा शुरु हुने छ। भोली अन्तराष्टिय मे दिवशको सन्दर्भमा पार्टी एकताको घोषणा हुन लागेको हो।

गौशाला  देखि मजदूरहरुको न्याली शुरु गरेर पुरानो वानेश्वर चोक नजिक आएर घोषणा सभामा परिणत हुने छ। घोषण सभामा सहभागी हुन नसकेका देश विदेशमा रहेका शुभ चिन्तक समर्थकहरुले पनि कार्यक्रम लाई प्रत्येक्षरुपमा हेर्न सुन्न र देख्न पाउन भन्नका लागी बिम्ब अनलाइनको फेसवुक पेज वाट कार्यक्रमको लाइफ गरिने अनलाइनका प्रवन्ध निर्देशक लाल वहादुर जाग्रीले वताएका छन।

 लाइभ प्रसारण    बिम्ब अनलाइन

२०८१ वैशाख १८ २१:१५ बजे

प्रतिक्रिया