शोभा पाठकको अल्ट्रासाउण्डको रिपोर्ट फेसवुकमा

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १३ ०८:३७ बजे

काठमाण्डौ।नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकले आफू गर्भवती हुँदाको अल्ट्रासाउण्डको रिपोर्ट सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत् अल्ट्रासाउण्डको रिपोर्ट सार्वजनिक गरेकी हुन् । 

अल्ट्रासाउण्डको तस्बिर फेसबुकमार्फत सेयर गर्दै शोभाले लेखेकी छिन्, ‘सबै ओरिजिनल डकुमेण्ट मेरै साथमा छ है । राम्रोसँग हेर्नुहोला के सही के गलत, डाक्टरको साइन छ । के के टेस्ट गरिएको थियो, रिपोर्ट के के आएको थियो । सबै छ । परेको बेला सम्बन्धित निकायमा कुरा गरौंला । कोही कसैलाई गाली गर्नुपर्ने छैन ।’

त्यस्तै, उनले आवश्यक परेमा मेगा अस्पतालमा बुझ्न पनि भनेकी छिन् । प्रहरीले समेत दोषीकै बचाऊ गरेकाले बाध्य भएर अल्ट्रासाउण्डको रिपोर्ट सामाजिक सञ्जालमार्फत् सेयर गरेको उनले बताइन् । ‘मिलेमतोमा प्रहरीले समेत नक्कली रिपोर्ट ल्याएको छ । त्यसैले यो सार्वजनिक गरिदिएकी हुँ । यो पनि झुठ्ठो हो भनुन् न । बयान दिनका लागि उसका छोरा र स्वकीय सचिवलाई राखेको छ । त्यस्तो पनि हुन्छ । म प्रहरीलाई पनि विपक्षी बनाएर मुद्दा हाल्दै छु’, उनले भनिन् । 

लामो समय ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेको भनिएका यी दुईबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । बस्नेतले वीरेन चम्लागाइँको नाम र मेल आईडीबाट आफ्नाविरुद्ध भ्रामक समाचार बनाएर विभिन्न सञ्चारमाध्यममा पठाई चरित्रहत्या गरिरहेको शोभाको आरोप छ । उनले यस कार्यको विरुद्ध प्रेस काउन्सिल, नेपाल र साइबर ब्यूरोमा उजुरी दिने बताइन् ।


२०८१ वैशाख १३ ०८:३७ बजे

प्रतिक्रिया