महानिर्देशक बिदुर प्रसाद खनाललाई कालोमोसो

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १२ २०:१९ बजे

काठमाण्डौ । मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपालले भुमि ब्यबस्था बिभागका भ्रष्ट महानिर्देशक बिदुर प्रसाद खनाललाई उनकै कार्यकक्षमा कालोमोसो दलेको जानकारी प्राप्त भएको छ ।

आज दिउँसो २ बजे क्रान्तिकारी युवा संगठन नेपालका कार्यकर्ताको पहलमा उनकै कार्यकक्षमा उनको मुखमा कालामोसो दलिएको हो ।उनीहरुले उनलाइ कालोमोसो किन दल्नु परेको हो ?

त्यसको कारणसहित उल्लेख गरेका थिए । कालोमोसो किन ? भनेर निम्न तीनवटा महत्वपूर्ण बुदाहरु नाराका रुपमा उल्लेख गरेका छन। सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको । देशभरका गुठीहरु सिध्याउन गिरोह नै सन्चालन गरेको , उपत्यका लगायत देशभरका भु –माफियालाइ संरक्षण गरेको ।त्यसकारण कार्वाहि स्वरुप मुख कालो मिसो दलेको वताएका छन।


 


२०८१ वैशाख १२ २०:१९ बजे

प्रतिक्रिया