डडेल्धुरामा कार दुर्घटनाः एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ११ १५:१३ बजे

डडेल्धुरा। डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो।

दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन्।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।


२०८१ वैशाख ११ १५:१३ बजे

प्रतिक्रिया