नेपाल कम्युनिष्ट पार्टी ( मशाल)ले मनायो पार्टी स्थापना दिवश

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १० २०:३८ बजे

बुटवल । नेपाल कम्युनिस्ट पार्टीको ७५ औँ  स्थापना दिवस , हिरक जयन्ती तथा लेनिनको १५५ औँ जयन्ती  नेपाल कम्युनिस्ट पार्टी  ( मशाल ) केन्द्रीय समितिले एक कार्यक्रम गरी मनाएको छ । रुपन्देहीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पार्टीका महासचिव सन्तवहादुर नेपालीले नेकपाको स्थापनामा कमरेड पुष्पलालको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै पुष्पलाललाई गद्दार भन्नु ठुलो गल्ती भएको बताउनु भयो ।

निरंकुशताको अत्यगर्न नेपाली कांग्रेससंगको सहकार्यमा जोड दिने पुष्पलालको निति सही रहेको पुष्टि भयो ।  पुष्पलाललाई सही समयमा चिन्न सकेको भए कम्युनिस्ट आन्दोलनको स्थिति सशक्त हुनेथियो उहाले भन्नुभयो । लेनिनले कम्युनिस्ट आन्दोलनलाई व्यवस्थित गर्ने सन्दर्भमा पुर्याउनु भएको योगदान , दर्शनको विकास र रुसमा समाजवादी व्यवस्था निर्माणका सन्दर्भमा  खेलेको महत्त्वपूर्ण भुमिका लगायतका विषयमा चर्चा गर्दै विश्वभरका  श्रमजीविहरुले लेनिनलाई कहिल्यै भुल्न नहुने वताउनु भयो । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ बर्षभयो । नेपालमा   कम्युनिष्ट जनमत  राम्रो  रहेपनि  सशक्त र सही कम्युनिष्ट पार्टीको अभावमा जनमत अलपत्र परेकोले सशक्त क्रान्तिकारी शक्ति निर्माण गर्न सम्पुर्ण शक्ति लगाउनु पर्ने वताउनु भयो । 

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलले कम्युनिस्ट आन्दोलनमा संशोधनवाद हावी भएकोले प्रतिक्रियावाद तथा संशोधनवाद विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी आन्दोलन अगाडि बढाउन क्रान्तिकारी शक्ति एकहुनुको विकल्प नरहेको वताउनु भयो । कार्यक्रमका अध्यक्ष  नेकपा ( मशाल ) का पोलिटब्युरो सदस्य कृष्ण पौडेलले हजारौं वर्षको अभ्यासले बनेको यो प्रतिक्रियावादी राज्य व्यवस्था  ७५ वर्षको इतिहास वोकेको  कम्युनिस्ट आन्दोलनले आमूल परिवर्तन गर्न सकेन भनेर निराश हुनपर्ने अवस्था नभएको वताउनुभयो । उहाले पुजीवादी अर्थतन्त्र मा संकट उत्पन्न भएको हुनाले लेनिनको विश्लेषण अनुसार पुँजीवाद कमजोर हुदै गइरहेको र विश्वमानै समाजवादी लहर  आउने वातावरण बन्दै गएको तर्क गर्दै  आजको आवश्यकता सच्चा  कम्युनिस्ट ध्रुवीकरण  रहेको वताउनुभयो । कार्यक्रमको संचालन दिपक पौडेलले गर्नुभएको थियोे भने  , स्वागत मन्तब्य हिमलाल वाग्लेले गर्नु भएको थियो ।



२०८१ वैशाख १० २०:३८ बजे

प्रतिक्रिया