भोलि सार्वजनिक विदा

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख १० १३:३३ बजे

काठमाडौं। सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले भोलिका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कतारका अमिरले भोलि नेपाल भ्रमणमा आउने अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।कतारका अमिर तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका भोलि नेपाल आउँदै हुनुहुन्छ ।


२०८१ वैशाख १० १३:३३ बजे

प्रतिक्रिया