इजरायलले ३४ हजार भन्दा वढी प्यालेस्टाइनी गर्यो हत्या

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ९ २०:११ बजे

गाजा। गाजापट्टीको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ।

मन्त्रालयले एक विज्ञप्तिमा इजरायली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ। जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ। साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ।

इजरायली सेनाले गत हप्तामा सयभन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ। ४० भन्दा बढी हमास विरुध्दको हवाई हमला मार्फत मारेको इजरायलले जनाएको छ।


२०८१ वैशाख ९ २०:११ बजे

प्रतिक्रिया