बालबालिकालाई बिहीबार र शुक्रबार भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ६ ०७:३१ बजे

काठमाडौं ।   ६ महिनादेखि ५ वर्ष मुनि उमेरका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते  ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै रोगहरुबाट सुरक्षित रहन नियमित खोप लगाउन आग्रह गरेको छ ।

खोप लगाउन छुटेकाहरूले नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन सक्ने पनि मन्त्रालयले सूचनामार्फत आग्रह गरेको छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा निःशुल्क खुवाउन थालेको हो ।


 


२०८१ वैशाख ६ ०७:३१ बजे

प्रतिक्रिया