न्याय निरुपण सम्वन्धी तालिम हुने

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ५ १६:०७ बजे

धनगढी। कैलाली कञ्चनपुर जिल्लामा रहेका उपमहानगरपालीका ,नगरपालीका र गाउँपालीकाका न्यायिक समितिका पदाधिकारीहरुको क्षमता अभिवृध्दिका लागी २०८१ वैशाख ६ गते देखि ८ गते सम्म धनगढीको होटल सितारमा ३ दिने क्षमता अभिवृध्दि तथा न्याय निरुपण सम्वन्धी तालिम  हुनेछ।

तिन दिने तालिममा  स्थानिय न्यायिक समितिका अधिकार, काम कर्तव्य , मेलमिलापकर्ताका सिप दक्षता,  व्यवहार, उजुरी, निर्णय \फैसला , मिलापत्र लगायतका विषयमा प्रशिक्षण दिइने कुरा नेपाल कानुन व्यवशायी परिषद सुदूरपश्चिम प्रदेशका पार्षद अधिवक्ता प्रकाशवहादुर पाण्डेले वताउनु भएको छ।

तालिमको आयोजना सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुन्ना डोटी र सहजिकरण नेपाल कानुन व्यवशायी परिषद सुदूरपश्चिम प्रदेशको रहेको  पार्षद पाण्डेले जनाएका छन।

कार्यक्रममा कैलाली कञ्चनपुर जिल्लाका सवै स्थानिय तहका न्यायिक समितिका सदस्य तथा पदाधिकारिहरुको सहभागीता रहने छन।


२०८१ वैशाख ५ १६:०७ बजे

प्रतिक्रिया