चितवन निकुञ्ज क्षेत्रमा ७५ वर्षीय वृद्ध मृत - गैंडाको आक्रमणमा परेको अनुमान

चितवन निकुञ्ज क्षेत्रमा ७५ वर्षीय वृद्ध मृत - गैंडाको आक्रमणमा परेको अनुमान

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ६ १२:०५ बजे
७५-वर्षीय-वृद्ध-मृत

काठमाडौं ।  चितवनको माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत भेटिएका छन् । ७५ वर्षीय झगरु महतो निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका हुन् ।

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैंडाको पाइला देखिएकाले गैंडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले  बताएका छन् । 

वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैंडाले आक्रमण गरेको हुन सक्ने अनुमान गरीएको छ । 

२०७९ भदौ ६ १२:०५ बजे

प्रतिक्रिया