गड्डाचौकी र ब्रह्मदेव नाका ३ दिन बन्द हुने

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ४ १०:५९ बजे

कञ्चनपुर। कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आज मंगलबार देखि तीन दिन बन्द हुने भएको छ ।जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका साँझ सवा पाँच बजेदेखि बन्द हुने जानकारी दिएको हो ।

‘उत्तराखण्ड चम्पावत जिल्ला सँग जोडिए दुई नाका मंगलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भन्नुभयो, ‘भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।’ भनि सुचनामा उल्लेख गरेका छन।


२०८१ वैशाख ४ १०:५९ बजे

प्रतिक्रिया